Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

माओवादी पार्टी गोरखा जिल्लाको संक्षिप्त इतिहास

गोरखा। गोरखामा कम्युनिष्ट पार्टीको स्थापना संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ स्वयं आँफै आएर गठन गरेका हुन् ।
तिनताका तनहुँको बन्दीपुरमा कम्युनिष्ट पार्टी व्यवस्थित थियो । पार्टी कामको सिलसिलामा पुष्पलाल श्रेष्ठ वन्दीपुर आइजाइ गरिरहन्थे । बन्दीपुरको पार्टीमा रहेर काम गरिरहेका गोरखा विरेन्चोकका कमरेड वलबहादुर राना र तनहुँ बन्दिपुरका कृष्ण लाल प्रधानलाई साथमा लिएर पुष्पलाल श्रेष्ठ गोरखा कट्टेल डाँडामा
आई २००८ सालमा कमरेड बैकुण्ठ कट्टेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गोरखा स्थापना गरेका थिए । पार्टी प्रतिवन्धित
रहेकाले पार्टी संगठनका काम कार्वाहीहरु भूमिगत कार्यशैलीमा हुने गर्दथ्यो। पार्टी संगठन भूमिगत कार्यशैली अनुसार चल्ने भएकाले गाउँ गाउँमा संगठन गर्न गाह्रो थियो । त्यसैले किसान संगठनको आवश्यकता महशुस गरी २०१० सालमा पार्टी सचिव बैकुण्ठ कट्टेल कै अध्यक्षतामा अखिल नेपाल किसान संघ
गोरखा गठन गरिएको थियो । २०११ सालमा गोरखामा परेको अतिबृष्टिले ठुलो बाढी पहिरो लाग्यो बालीनाली
तहश नहश भयो । अनिकाल, भोकमरी लाग्यो । साहु सामन्तले अन्न लुकाएर राखे ।अहिले जस्तो बाटोघाटोको सुबिधा नभएकोले बाहिरबाट अन्न ल्याउन सकिन्नथ्यो । किसान संघले साहु सामन्तले लुकाएर राखेको अन्न भोकमरीमा परेका किसानलाई बाढ्ने कार्यक्रम बनायो । गोरखा जिल्ला पार्टीले `ठुलो आँगन´मा विशाल जनसभा आयोजना गर्‍यो ।सो सभालाई सम्बोधन गर्न पार्टीका माथिल्लो कमिटि र काठमाडौंमा अध्यनरत गोरखाका नेताहरु पनि आए । पार्टी नेता हिक्मत सिं भण्डारी, कृष्ण लाल प्रधान, बैकुण्ठ कट्टेल, कदमकुमार श्रेष्ठले भाषण गरे । २०१३ बैशाख ३ गते पार्टी माथि सरकारले लगाएको प्रतिवन्ध हटेपछि २०१३ साल असारमा धुवाँकोट रातमाटेमा जिल्ला पार्टीको
प्रथम भेला को आयोजना भयो ।उक्त भेलाले जिल्ला पार्टी पुनगर्ठन गर्‍यो । गाइखुर निवासी ईन्द्र दत्त पन्त पार्टी
सेक्रेटरीमा चुनिए।२०१५ सालको आम निर्वाचनमा पार्टिले (गोरखा दक्षिण क्षेत्र नं.१०४ ) मा पार्टी केन्द्रीय सदस्य हिक्मत सिं भण्डारी र (गोरखा उत्तर क्षेत्र .न. १०५) मा जगत बहादुर श्रेष्ठलाई टिकट दियो । उहाँ दुवै जना चुनावमा पराजित हुनुभयो।
२०१५ को चुनाव पछि गोरखामा कम्युनिष्ट आन्दोलन शिथिल भयो ।२०१७ सालमा पालुङटारमा कमरेड जगत बहादुर श्रेष्ठले गाइखुर निवासी कमरेड रण बहादुर आलेको संयोजकत्वमा रामलाल श्रेष्ठ,
ओझराज भट्टराई र पिताम्बर जोशीलाई समावेश गरि जिल्ला पार्टी कमिटी गठनगर्नु भयो ।
२०१९ साल पछि पार्टी गुट उपगुटमा विभाजित भई बहु केन्द्र बन्न गयो । २०२१ सालमा कास्की लामाचौर घर भएका पार्टीका पोलिट्ब्युरो सदस्य बलराम उपाध्याय पालुङटार आएर रण बहादुर आले र ओझराज भट्टराईलाई भेटेर फर्किए ।२०२१ देखि २०३१ सम्म रण बहादुर आले एक्लैले जिल्ला पार्टीको प्राण बचाएर राखेका थिए।२०२६ सालमा अमर ज्योति माबि लुइँटेलमा शिक्षक भएर आएका वाचस्पती देवकोटा सँग २०३१ सालमा रण बहादुर आलेको भेट भयो।वाचस्पती देवकोटाको सहयोगमा पुनः रण बहादुर आलेलाई नै सेक्रेटरी बनाई ५ सदस्यीय जिल्ला पार्टी पुनर्गठन गरियो।यही समितिले २०३६ सालमा प्रथम जिल्ला सम्मेलन गर्‍यो र सेक्रेटरीमा वाचस्पती देवकोटा चुनिए। २०४१ सालमा दोस्रो जिल्ला सम्मेलन भयो यो सम्मेलनले निर्मल जोशीलाई सेक्रेटरी चुन्यो।२०४२ सालमा निर्मल जोशी पातली मसालमा लागेपछि श्रीनाथ अधिकारी सेक्रेटरी चुनिए। २०४४ सालमा अर्को पटक जिल्ला पार्टी पुनर्गठन हुँदा चितवनका शम्भु कट्टेल सेक्रेटरी बनाइए।फेरि अर्को पटक २०४५ सालमा अर्को पटक जिल्ला पार्टी पुनर्गठन हुँदा राम बहादुर थापा बादल सेक्रेटरी चुनिए ।अर्को वर्ष २०४६ सालमा बादल हटेर भवनाथ अधिकारी सेक्रेटरी चुनिए।२०४७ सालमा भवनाथ अधिकारी हटेर श्रीनाथ अधिकारी जिल्ला सेक्रेटरी बने ।श्रीनाथ अधिकारी सेक्रेटरी भएकै अवस्थामा २०४८ को आम निर्वाचन भयो।गोरखा निर्वाचन क्षेत्र नं.१ बाट श्रीनाथ अधिकारी, निर्वाचन क्षेत्र नं.२ बाट सुरेश वाग्ले र क्षेत्र नं. ३ बाट भक्ति लामिछाने संयुक्त जनमोर्चा नेपाल चुनाव लड्नु भएको थियो ।तीनै जना चुनावमा पराजित हुनुभयो।२०४८ सालमा तेस्रो जिल्ला सम्मेलन भयो।यो सम्मेलन बाट सुरेश वाग्ले बासु सेक्रेटरीमा निर्वाचित भए।सुरेश वाग्ले बासु सेक्रेटरी रहिरहेकै अवस्थामा २०५२ फागुन १ गते जनयुद्ध शुरु भयो।२०५३ असोजमा शुरेश वाग्ले केन्द्रिय सदस्यमा बढुवा भएपछि हितराज पाण्डे सेक्रेटरी बने।२०५४ सालमा हितराज पाण्डेको बढुवा भएपछि शंकर घिमिरे शिशिर सेक्रेटरी चुनिए। २०५५ सालमा फेरि एकपटक हितराज पाण्डे नै सेक्रेटरी भए।२०५७ सालमा हितराजको पुनः बढुवा भएपछि संकर घिमिरे नै सेक्रेटरी बने। २०५८ मा संकर घिमिरे गिरफ्तारीमा परेपछि हरि अधिकारी कुमार सेक्रेटरी भए।अर्को बर्ष २०५९ मा कृष्ण धिताल सेक्रेटरी बने।कृष्ण धिताल पछि परशुराम रम्तेल।परशुराम रम्तेल पछि लोक प्रसाद बञ्जरा।लोक प्रसाद बञ्जरा पछि चुडामणि खड्का ।चुडामणि खड्का सेक्रेटरी रहेको अवस्थामा २०६४ मा संबिधान सभाको चुनाव भयो। संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र नं. १ बाट पार्वती थापा ,क्षेत्र नं. २ बाट डा.बाबुराम भट्टराई र क्षेत्र नं. ३ बाट अमर तमु निर्वाचित भए । २०६९ असारमा पार्टी बिभाजन भयो।क्रमशः……..

arrow प्रतिक्रिया दिनुहोस्