Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

चिनियाँ पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आए जस्तै लाग्छ:सुदन किराँती

loading views..

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका छन्। मङ्गलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले चिनियाँ पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका हुन्।
उनले नेपाल र चीन सम्बन्धको सुरुवात इतिहासमा १५ सय वर्षदेखि हुँदै आएको बताउँदै इतिहासको १५ सय वर्षअघि तिब्बतको राजा र त्यहाँको मान्यता अनुसार छिमेकी बलियो भयो भनेमात्र आफू बलियो हुन्छ भनिने बताएका हुन्।
‘त्यसैले होला नेपालसँग राम्रो सम्बन्ध बनाउन राजा अंशुवर्माको छोरी भृकुटीसँग सम्बन्ध राख्नका लागि बिहे गर्नुभएको होला,’ उनले भने, ‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्छ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्