Skip to content
Pokharapress Logo
८ बैशाख २०८३, मंगलवार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवान एयरलाइन्सको अध्यक्षसँग भेटघाट

loading views..
Nepal Telcome

सिचुवान।  जनवादी गणतन्त्र चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सिचुवान प्रान्तस्थित एयरलाइन्सको अवलोकन गर्नुभएको छ। नेपाली प्रतिनिधिमण्डलसहित एयरलाइन्स पुग्नुभएका श्रेष्ठले एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गर्नुभएको हो।

त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान एयरलाइन्स ग्रुपका अध्यक्ष श्र चुईबीच छेन्दुस्थित कार्यालयमा भेटवार्ता भएको थियो।

छेन्दुमा आयोजित ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’मा विशेष अतिथिको रूपमा सहभागी हुन उहाँ गत मंगलबार चीन जानुभएको थियो।त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटघाटमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ जस्ता विषयमा सकारात्मक छलफल भएको थियो।

निर्धारित भेटघाट र अवलोकन सकेर उपप्रधानमन्त्री श्रेष्ठ आइतबार बिहान स्वदेश आइपुग्नुहुने छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link