Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

महासंघका अध्यक्ष र अन्तर्राष्ट्रिय मुद्रा कोष आवासीय प्रतिनिधिबीच

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाण्डु। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा अध्यक्ष ढकालले दुई संस्थाबीच विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताउनुभयो ।
बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुर्नसंरचना, पुर्नतालिकीकरण पुर्नकर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताउनुहुँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनुुभयो । साथै यस बिषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताउनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link