Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती

loading views..
Nepal Telcome

काठमाण्डु। काठमाण्डुको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार पहिलो पटक यसप्रकारको आरतीको आयोजना गरिएको हो ।साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताए ।

भालेश्वर महादेवमा आज चन्द्रागिरि केवलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए ।
आज साउन महिनाको पहिलो सोमबार पुशपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरुमा पनि भगवान शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link