Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल वायुसेवा निगमले पछिल्लो आर्थिक वर्षमा तीन अर्ब ७७ करोड ऋण तिर्‍यो।

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल वायुसेवा निगमले पछिल्लो आर्थिक वर्षमा तीन अर्ब ७७ करोड रुपैयाँ बढी ऋण तिरेको छ।
निगलमे जहाज किन्नका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणमा आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ७७ करोड रुपैयाँ बढी साँवा ब्याज भुक्तानी गरेको हो।
निगमका अनुसार २०७९ असारदेखि चैत मसान्तसम्म दुई अर्ब ९४ करोड रुपैयाँ बढी रकम भुक्तानी गरेको थियो। साथै २०८० असार मसान्तकाे किस्ता बापत ८३ करोड रुपैयाँ बुझाएको जनाएको छ।

निगमले शनिबार विज्ञप्ति जारी गर्दै जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको बताएको हो।
निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएको निगमले जनाएको छ। सूचनाअनुसार नियमित तथा आकस्मिक रूपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ।
विभिन्न निकायहरूमा रहेका पुराना वक्यौता रकम तिरिएको र कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आइरहेको निगमले बताएको छ।त्यस्तै निगमले तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना (स्टोल)जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना अघि बढाइरहेको छ।

निगमले नयाँ ३ वटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा दिन सकिने, पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link