Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पोखराको फिर्के खोला सिमांकन,ओठे कर्म तथा दराजको फाईलमा मात्र नहोस्!

loading views..
Nepal Telcome

पोखरा। पोखरा महानगरमा आवादी बढेपछि यंहाका नदि,ताल र खोलाहरू अतिक्रमित भएका छन।अतिक्रमित कार्यले वातावरण तथा पर्यावरणमा संटकको सिर्जना गरेको छ।यस समस्याका बारेमा पोखरा महानगर कार्यलयले समाधानको पहल सुरूवात गरेको छ।पोखरा महानगरका निर्वतमान मेयर मान बहादुर जिसीको समयमा जस्तो काम गर्ने भन्ने तर केहि पनि काम नगर्ने आरोप छ।वर्तमान मेयर धनराज आचार्यलाई ‘ओठे कर्म’ तथा फिर्के खोला सिमांकन फाईल दराजमा मात्र सिमित नगरिदिउन भन्ने जनचाहना रहेको छ।

पोखरा महानगरपालिकाले फिर्केखोलाको सिमांकन छुट्याउने भएको छ । प्राविधिक वासुदेवको पौडेलको नेतृत्वमा गठित समितिले बुधबारदेखि खोलाको पुरानो बाटो खोज्ने महानगरले जानकारी दिएको छ ।महानगरले मंगलबार पौडेलको नेतृत्वमा खोला सीमांकन समिति गठन गरेको र त्यसले बुधबारबाटै काम सुरु गर्ने गरी निर्णय भएको मेयर धनराज आचार्यले बताए । बुधबार देखी २ टिम फिल्डमा खटिने छन् ।मापदण्डबारे विवाद रहेकाले सुरुमा फिर्केखोलाको पुरानो आकारको मात्रै खोजी उनले बताए । फिर्के सीमांकन समितिका संयोजक वासुदेव पौडेलले बर्खायामको समयमै खोलाको आकार खोज्न थालिएकाले प्रतिवेदन आउन केही ढिला हुने बताए । फिर्के खोला ३ मिटर देखी ४० मिटर चौडा रहेको छ ।पोखरा महानगर–१८,फिर्के खोला अँधेरी कुनादेखि सुरु भएर प्रस्याङ, मालेपटन, मासबार हुदै फेवातालमा मिसिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link