Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

किरात याक्थुङ चुम्लुुङ पोखराको अध्यक्षमा शान्ती लिम्वु

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा, २० सााउन।  किरात याक्थुङ चुम्लुुङ पोखराको शनिवार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले शान्ती लिम्वुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण लिम्वु र भिमकुमारी लिम्वु रहेका छन् भने सचिवमा लक्ष्मीप्रसाद पालुुङवा, कोषाध्यक्षमा वालकुमारी लिम्वु रहेका छन भने सदस्यहरुमा सुनिता लिम्वु, कौशिला लिम्वु, सुमि शुव्वा, रविना लिम्वु, झस वहादुर लिवाुङ, र रमादेवी श्रेष्ठ लिम्वु रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक विपिन आचार्यले पद तथा गोपनियताको सपथ गराएका छन् । आचार्यको संयोजकत्वमा दिनेश लिम्वु र सञ्जीव मादेन लिम्वु गरी ३ सदस्यीय निर्वाचन समिमित गठन भएको थियो ।
यस अघी कार्यक्रमको उद्घाटन गर्दै नेपाल बुद्धीचाल महासंघका केन्द्रीय उपाध्यक्ष विनय थापाले भाषा, सस्कृति, भेषभुषा र मौलिक पहिचानमा धनी किराँत समुदाय अहिले आएर पहिचानका लागी आन्दोलनमा उत्रनुपर्ने अवस्थाको सृजना हुनु दुखद रहेको भन्दै पहिचानका लागी हुने जुनसुकै आन्दोलनमा आँफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले विगतमा भएका विभिन्न आन्दोलनमा किराँत समुदायले पुर्याएको आन्दोलनको चर्चा गरे ।
समाजसेवी तोरण गुरुङले मानव सभ्यताको पुरानो सभ्यताका रुपमा किरात सभ्यता रहेको उल्लेख गरे । समाजसेवी वम वहादुर गुरुङले किरातहरुको पहिचान हराए मानव सभ्यतानै हराउदै जाने भएकाले पहिचानको पक्षमा उभिनु पर्ने मा जोड दिए ।
सो अवसरमा समाजसेवी कृष्णवहादुर श्रेष्ठले सस्थालाई नगद रु १० हजार दिएर सहयोग गरेका थिए । सस्थाका अध्यक्ष धन बहादुर लिम्बुको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेना,लक्ष्मण लिम्वु लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link