Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ओली नक्कली राष्ट्रवादको खोल ओढेर आएका हुन्;बाबुराम भट्टराई

loading views..
Nepal Telcome

पोखरा। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको कुरा गर्ने गरे पनि उनी नक्कली राष्ट्रवादी रहेको बताएका छन्। पोखरामा बुधबार आयोजित कार्यक्रममा डा. भट्टराईले अरुलाई धम्काएर कहिल्यै पनि सक्कली राष्ट्रवादी बन्‍न नसकिने बताए। उनले ओलीले भारतसामु घुँडा टेकिसकेको दाबी पनि गरे।

अहिले ओलीले भारतसँग आत्मसमर्पण गरेर प्रतिनिधि सभा विघटन गरेको भट्टराईले बताए। ‘हिजो जोसँग लड्यो त्यहिसँग केपी ओलीले घुँडा टेकिसके’, उनले भने,‘ओलीले आत्मसमर्पण गरेर शासन सत्ता लम्ब्याउँदैछन्, त्यसका लागि नै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रघाती कदम चालेका हुन्। यसको भरपर्दो आधार र प्रमाण हामीसँग छन्।’

ओलीले ठूलो राष्ट्रघात गर्न लागेकोसमेत दाबी गरे। ‘ओली नक्कली राष्ट्रवादको खोल ओढेर आएका हुन्,’ उनले भने,‘पकेटमार आफैले अरुलाई पकेटमार भन्छ र आफू पकेट मारेर भाग्छ। केपी ओलीमा यहि प्रवृत्ति छ। यसैको आडमा उसले ठूलो राष्ट्रघात गर्दैछ।’ ओलीको प्रभावमा अदालत पर्न सक्ने भट्टराई बताए।

‘अदालतबाट सोचेजस्तो निर्णय नआउन सक्छ, प्रभावित पार्न सक्ने खतरा छ, हामी सडकबाट पैरवी गरिरहनुपर्छ,’ उनले भने, ‘अदालतभन्दा माथि जनताको अदालत हुन्छ, जनताले निर्णय गर्नुपर्छ।’ आफूहरू अदालतले सही निर्णय दिनेमा आशावादी रहेपनि ओलीको धम्काइमा अदालत पर्न सक्ने उनले बताए।

सनातनदेखि नै सत्ताले अत्याचार गर्ने गरेकोले प्रधानमन्‍त्री ओली त्यही अत्याचारीको प्रतीकका रुपमा उदाएको भट्टराईले बताए। उनले त्यस्त अत्याचारविरुद्ध राम, कृष्णजस्तै सत्यका पक्षधरहरुले लड्ने गरेको बताए। ‘सत्ताधारीमा गडबडी मच्चाउने परिपाटी ध्वस्त नहुँदासम्म चलिरहन्छ। हामी सत्यको पक्षधर नहुँदासम्म लडिरहन्छौं,’ भट्टराईले भने, ‘समाजमा राक्षसी प्रवृत्तिका मसानरहरु अपराध गर्ने प्रवृत्ति हावी हुन्छ, त्यो बेलामा दैवी शक्ति भएको मानिस आएर संघर्ष गर्नुपर्छ।’

उनले कलियुगमा धेरै संघर्ष हुँदै आएको भन्दै अहिले आएर ओलीका कदमविरुद्ध संघर्ष गर्नुपरेको बताए। ‘कलियुगमा तपाईं-हामी र ओलीको संघर्ष छ। हामी राम, कृष्ण हौं, ओली कंश र रावण हुन्,’ भट्टराईले भने।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link