Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नक्कली डाक्टरको आशंकामा सुनील शर्मा पक्राउ

loading views..
Nepal Telcome

काठमाडौं। नक्कली डाक्टर खोजी गर्ने प्रहरीको अपरेसन ‘चार्ली फोक्टर’ अन्तर्गत सुनिल शर्मा पक्राउ परेका हुन्। प्रहरीले सांसद शर्माको आईएस्सी उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जनाएको छ।मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हो।
शर्माले एमबीबीएस अध्ययनका लागि पेश गरेको आईएस्सीको प्रमाणपत्र नक्कली हो।  सम्बन्धित कलेजमा सोध्दा हाम्रो रेकर्डमा छैन भन्ने जानकारी आएको सीआईबी स्रोतले जनाएको छ।यही प्रकरणमा शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरी पनि पक्राउ परेका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link