Skip to content
Pokharapress Logo
१० असार २०८३, बुधबार

पशुपति शर्मा र पुजा क्षेत्रीको मौलिक तिज गीत हाई मेरी गुन्टुरी सार्वजनिक

loading views..
Nepal Telcome

काठमाण्डु। गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत के मा चित्त दुख्यो मयालैको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “हाई मेरी गुन्टुरी” लिएर आएकी छिन् ।
पशुपति शर्माका शब्दहरु साँगितिक खुराक ज्यादै स्वादिलो र रसिलो हुन्छ । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । अझै तीज गीत आउन केहि साताको समय कुर्नै पर्छ । तरपनि बजारमा गीतको होडबाजीको दोहोरी चलिरहेको छ । यहि समयको गोञ्जागोल भित्र सामाजिक र एक प्रेमी प्रमिका बीच माया पिरतीको कहानीमा जोडिएका शर्माका शब्द र रचना एकदमै पृथक र अलग पहिचान रहेको पाइन्छ ।
हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक तथा लोकदोहोरी गायक पशुपति शर्माको लय तथा शब्दमा पशुपति शर्मा र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको तीज गीत “हाई मेरी गुन्टुरी” पुजा क्षेत्री युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा आएको छ । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ः
समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । मौसम हिमालीको निर्देशनमा मोडल रमेश बिश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नबिन घर्ति मगरको सम्पादन रहेको छ ।
सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले २५ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने ३० भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले राजु परियार सँग गाएको के मा चित्त दुख्यो मयालै का मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो । हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।

उक्त भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link