Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गाेरखा दराैदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको उद्घाटन

loading views..
Nepal Telcome

गोरखा। गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रा.लिको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । सदरमुकाम स्थित गोरखा नगरपालिका–९ स्थित खोलखोलेमा रहेको नवनिर्मित भवनको एक कार्यक्रमका साधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका छन्।
भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदैँ श्रेष्ठले गोरखा दरौँदी यातायात सेवा प्रा.लिले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले तत्कालिन गोरखा यातायातले स्थापनाको समयदेखि नै निक्कै कठिनाई र चुनौतीहरु भोगेर अहिलेको अबस्थामासम्म आइपुगेको भन्दै संस्था र व्यवसायीहरुको हितमा निरन्तर दत्तचित्त भएर लाग्न पनि सवै व्यवसायीहरुलाई अनुरोध गरे।
‘मैले भन्दैपर्छ गोरखा जिल्लामा तत्कालिन पृथ्वीयातायातको सिण्डीकेटलाई तोडेर आम नागरिकहरुलाई सरल र सहज यातायात सेवा पुर्‍याउनका लागि संस्थाको स्थापना गरिएको थियो ।, श्रेष्ठले भने ।
यस अघि नै प्रा.लिले आफ्नो नाममा खरिद गरेको जग्गामा करिब १ करोड ५० लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न गरिएको हो । भवन उद्घाटन कार्यक्रम प्रा.लिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link