Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रचण्डलाई माकुनेको सधै चिन्ता!

loading views..
Nepal Telcome

पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभामा माधबको चिन्ता प्रकट गर्दै  प्रधानमन्त्री प्रचण्डले नेता नेपालले सफाइ पाइसकेको बताए ।

‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन्। तर उहाँ निर्दोष हुनु हुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो।’

उनले अब नेता नेपालमाथि सरकारले कुनै षड्यन्त्र नगर्ने  बताउँदै भने, ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन। उहाँले सफाइ पाइसक्नु भयो । सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई सरकारले मात्रै होइन कसैले (एमालेले) तर्साउन सक्दैन।’

भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनको भनाइ थियो ।

‘माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुन्छु। तर मैले सबैलाई समात्नु छु भनेको छु’, प्रधानमन्त्री दाहाललले भने, ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link