Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

‘जनतासँग माओवादी’ तीन महिने अभियान आजदेखि सुरु हुँदै

loading views..

पोखरा। सत्तारूढ नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ तीन महिने अभियान आजदेखि सुरु हुँदैछ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट अभियानको घोषणा गर्दैछन् ।

आठ लाख पार्टी सदस्य पुर्याउने लक्ष्यसहित माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु र्ग लागेको हो ।अभियानका लागि माओवादीले पदाधिकारीसहित केन्द्रीय सदस्यलाई पालिका र वडासम्मको जिम्मेवारी दिएको छ ।

अभियानमार्फत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य लिइएको शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख अग्नि सापकोटाले बताए ।तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्