Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

सङ्घीयता बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण छ–मन्त्री सिंखडा

loading views..
Nepal Telcome

पोखरा। गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सङ्घीयता बलियो बनाउने काममा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कास्कीले आयोजना गरेको निजामती कर्मचारी फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंखडाले सङ्घीयता कार्यान्वयन कर्मचारीहरूको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।
स्वास्थ्यका लागि खेल आवश्यक भएको बताउँदै मन्त्री सिंखडाले भन्नुभयो–‘खेलकुद प्रतियोगिताले अन्तर सम्बन्धको काम पनि गर्छ, एक अर्कोमा भएका तिक्तताहरूलाई मेटाउने काम पनि गर्छ, यस्ता प्रकारका प्रतियोगीताहरु हुनु आवश्यक छ’ । गण्डकी प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालय पनि आफूले सम्हालेको बताउँदै उहाँ खेलकुदका विविध शीर्षकहरूमा बजेट विनियोजन गरी खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो । कर्मचारीहरूबिचको यो फुटसल प्रतियोगिताले एक आपसमा एकताको सन्देश दिएको र यसले प्रशासनिक देखि विविध गतिविधिमा सहयोग र सद्भाव देखिने मन्त्री सिंखडाको भनाई थियो ।
व्यवसायिक र सृजनशिल प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मूल नाराका साथ निजामती दिवसको अवसरमा राष्ट्रिय कर्मचारी सङ्गठनले आयोजना गरेको प्रतियोगिता २१ गते सम्म पोखरा मुस्ताङ चोक फुटसलमा हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link