गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ २३ गते गोरखा जिल्ला आउने भएका छन् । माओवादी शसस्त्र युद्धका शहिद शुरेस वाग्ले र भीमसेन पोखरेलको स्मृतीमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा आउन लागेका हुन् ।
‘प्रधानमन्त्री ज्यू गोरखा आउने कार्यक्रम कन्फम भयो,’ नेकपा माओवादी केन्द्रका संयोजक दिपक तिमिल्सीनाले भने,‘बासु स्मृति दिवश सहित सिरानचोक र अजिरकोट गाउँपालिकाको आयोजनामा कार्यक्रममा पनि उहाँ सहभागी हुने कार्यक्रम छ ।’सो दिन करिब दिन भर उनी जिल्ला रहने स्रोतको दाबी छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले पालुङटार २ स्थिती रातडाँडामा बासु स्मृति प्रतिष्ठानले गरेको स्मृति सभालाई संबोधन गर्नेछन् साथै भीमसेन पोखरेल स्मृति प्रतिस्ठानको आयोजनामा सिरानचोक ५ थुम्कीमा आयोजित कार्यक्रममा पनि उनी सहभागी हुने छन् ।सो कार्यक्रम पश्चात प्रधानमन्त्री प्रचण्डले सिरानचोक गाउँपालिकाको चित्रे पोखरी र अजिरकोट भच्चेक बजारमा आयोजित कार्यक्रमलाई संबोधन गर्नुका साथै स्थानीयसँग अन्र्तक्रिर्या गर्ने कार्यक्रम पनि रहेको प्रधानमन्त्रीको स्वकिय रमेश मल्लले बताए।
