Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

काठमाडौंमा माघ १६मा विशाल विरोध प्रदर्शन

loading views..
Nepal Telcome

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले काठमाडौंमा माघ २३ का लागि निर्धारित बिरोध प्रदर्शनलाई एक साता अगाडि सारिएको छ। अब प्रदर्शन माघ १६ गते हुनेछ।

शुक्रबारको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रमको मिति केही दिन अघि सारेको हो। यस्तै, बैठकमा संगठन विस्तारका विषयमा पनि छलफल भएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका बारेमा अध्यक्ष प्रचण्ड र माधव नेपालले स्थायी समितिमा ब्रिफिङ गरेका थिए। उनीहरुले स्थायी कमिटी सदस्यलाई तत्काल कांग्रेसले आन्दोलनमा साथ नदिने सुनाए।

यस्तै, अहिलको सरकार संसद विघटनपछि कामचलाउ भइसकेको र कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने ठहऱ्याएको छ। अहिले सरकारले मनपरी काम गरिरहेको भन्दै बैठकले भत्सना गरेको छ। ’पार्टी संगठन, नेपाली काग्रेसका नेतासँगको भेट र सरकार कामचलाउ भएकाले उसले गरेका निर्णयको भत्सना गर्ने कुरा भएको छ,’ एक स्थायी कमिटी सदस्यले भने।

आजको बैठक पछि सरकारका निर्णयको भत्सना गर्दै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link