Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखकाली रबर उद्योगमा चोरीको आराेपमा दुई जना पक्राउ

loading views..

गोरखा। गोरखकाली रबर उद्योगमा चोरी आराेपमा जना पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योग प्रा.लि भित्र रहेको तामाकाे तार चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका–३ बस्ने २० वर्षीय राजकुमार मगर र सोही ठाउँका ३३ वर्षीय ज्ञानेन्द्र विश्वकर्मा छन् । बिहीबार उद्योगको परिषरभित्रको स्टोरमा तामाकाे तार काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । उनीहरु विरुद्ध चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेका मगर र विश्वकर्मालाई जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगभित्र रहेका उद्योगका सामग्रीहरु हराउने क्रम बढेपछि प्रहरीले चोरी नियन्त्रणका लागि उद्योगमा निगरानी बढाउँदै आएको छ ।त्यस्तै, भिमसेनथापा गाउँपालिकाको धावा र तान्द्राङमा तीन वटा ट्रान्सफर्मर चोरी गरी त्यहाँ भित्रको तार चोरेर लगिएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्