Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

१ नम्बर प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीले लिए सपथ

loading views..
Nepal Telcome

बिराटनगर। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link