गोरखा। आफु गोरखाको यही क्षेत्रबाट निर्बाचति सांसद भएकोले यस क्षेत्रको बिकास गर्नु आफ्नो कर्तब्य भएको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो । आफु निवाचि भए पछि मतदातालाई धन्याबाद दिदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउन भएको हो । आफु निर्बाचित भए पछि चित्रे पोखरीमा आयोजित धन्याबाद कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको हो । “मलाई यस क्षेत्रको सबै भुगोल याद छ, सबै भुगोलका जनता सङंग गरेका बाचा कबुलहरु पनि याद छ मैले बिर्षेको छैन”उहाले भन्नुभयो । मलाई याद हुदा हदै पनि बिभिन्न काणले सोचे जस्तो बजेट बिनियोजन गर्न नसकेकोमा आफु दुखी भएको उनले बताउनु भयो ।
देशमा आर्थिक संकट जस्तो देखिएको थियो । रुस र युक्रेनको युद्धको िहामीलाई प्रभाबित बनायो । यस क्षेत्रको जनताको आबश्यकता पुरा गर्ने बारे नया तरीकाले सम्बन्धित पक्ष संग छलफल भएको पनि उहाले बताउनु भयो । अहिले अर्थ तन्त्रपनि लयमा फर्किसकेको छ, राष्ट बैंक पनि आफ्नो लयमा आई सकको छ ठुक्क हुनुहोस अब बिकासको काम हुन्छ । तपाईकै हातले भोट दिएर म संघीय सरकार प्रमुख छु अनि तपाईले नै भोट दिएरको सांसद प्रादेशीक सरकार प्रमुख छ भने स्थानिय सरकार हाम्रै गठबन्धनको छदै छ अबको चार बर्षृमा पनि यस ठाउको बिकास नभए कहिल्यै नहने पनि प्रधानमन्त्री प्रचण्डले बताउन भयो । आफु छिट्टै चिन जाने र गोरखाको उत्तरी नाका पनि खुल्ने तयारीमा छ उहाले भन्नुभयो ।
आफु जति दिन सरकारमा रहन्छु इतिहासले सम्झन लायक काम गर्ने पनि प्रचण्डको उद्घोष थयिो । जनताको पक्षमा भएको सरकारको निर्णय मटिर ब्याजी, सहकारी सम्बन्धी सरकारको निर्णय बिदेशमा रहेका नेपालीको लागि सामाजिक सुरक्षा कोष, लाईसेन्स लिदाको झन्झट, नागरीकता पासपोर्ट जस्ता काममा ल्याएको सुधार भष्टाचारीलाई गरेको कार्रवाही, ललीता जग्गा प्रकरण आदि सरकारका राम्रो काम भएका पनि बताउनु भयो । भष्टाचारको सवालमा प्रचण्ड नै देखए पनि छानबनिको दायरामा ल्याउनु भन्ने कुरा पनि त्यतिकै लहडमा नभएको बताउनु भयो हामी सरकारबाट भष्टाचारीलाई कारर्वाही गर्छौ तपाई जनताले आफ्नो ठाउबाट सहयोग गर्नुहोस यो भष्टाचार बिरोधी अभियान सफल हुन्छ । यस्तो केसमा यो वा त्यो आफ्नो र अरुको नभनी कार्वाही हुने पनि बताउनु भयो ।
