Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

गोरखामा संविधान दिबस तीन दिन धुमधामका साथ मनाइने

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखामा संविधान दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । जिल्ला स्थित सवै सरकारी तथा गैह्रसकारी संस्था, विद्यालयहरु, संघसंस्थाहरुले यहीँ असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

संविधान दिवस मूलसमारोह समितिको निर्णय अनुसार सम्बन्धित सवै कार्यालय तथा संघसंस्थाहरुले तीनैदिन आ–आफ्नो कार्यालय परिषर सरसफाई गर्ने तथा राष्ट्रिय झण्डा तथा व्यानर सजाउने, त्यस्तै असोज २ गते नजिकै रहेका धार्मिक तथा सांस्कृतिक सम्पदास्थलहरुको सरसफाई गर्ने कार्यक्रम रहेको छ ।संविधान दिवसको अबसरमा असोज ३ गते सार्वजनिक महत्वका स्थानहरु तथा आ–आफ्नो घरघरमा सवैसंघसंस्था र नागरिक स्तरबाट साँझ दिप प्रज्वलन गर्ने, तीनैदिन जिल्ला स्थित सवै सवै सञ्चारमाध्यमहरुबाट संविधानको महत्वका बिषयमा सन्देषमूलक जानकारीहरु प्रकाशन प्रशारण गर्ने निर्णय समितिले गरेको छ ।

असोज ३ गते नै सरोकारवाला संघसंस्था निकाय तथा कार्यालय र नागरिकस्तरबाट रचनात्मक, सृजनात्मक जनचेतनामूलक कार्यक्रमहर सञ्चालन गर्ने, सार्वजनिक संघसंस्था, निकायहरु समेत सवै सामाजिक, सांस्कृतिक, धार्मिक प्रतिष्ठानहरुले ज्ञातअज्ञात सहिदहरुको आत्माको चिरशान्तिको कामना सहित उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link