Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखामा यात्रुबाहक बस एक आपसमा ठोकिए

loading views..

गाेरखा। गोरखामा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ । भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा बुधबार बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएको हो ।गोरखा सदरमुकामबाट आरुघाटतर्फ जाँदै गरेको बस र आरुघाटबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।बसमा सबार केही यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्