Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

अराजक शिक्षकद्वारा पत्रकार बरालमाथि साँघातिक हमला

loading views..

काठमाण्डु। काठमाण्डुको रानीपोखरीमा रहेको भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल)का शिक्षकलेपत्रकार गाली गलौज गर्दै कुटपिट गरेका छन् । बिहिबार संसार न्युज डट कम का सम्पादक तथा सोहि विद्यालयका अभिभावक समेत रहेका राजेन्द्र बराललाई “तेरा छोरालाई स्कुलबाट निकालेर लैजा” भन्दै गाली गलौज गर्दै विद्यालयका शिक्षकद्वय दिपेन्द्र चौलागाई र पदम बटालाले विद्यालय हाताभित्र कुटपिट समेत गरेका हुन् ।

चौलागाई सो विद्यालयका मा.वि तहमा सामाजिक पढाउने शिक्षक हुन भने बटाला विद्यालयमा अनुशासन प्रमुख हुन् । चौलागाई यस अघि पनि नियमित स्कुलमा उपस्थित नहुने गरेको तथा बटाला विद्यालयमा गुण्डागर्दिको रुपमा प्रस्तुत हुने गरेको अभिभावकको गुनासो छ ।

यसअधि विद्यालयमा जम्मा भएका शिक्षकहरुले हाजिरी गरेर विद्यर्थीहरुलाई छुट्टी भन्न लागई आन्दोलनका लागि भन्दै निस्किएका थिए । यसै बिच विद्यार्थीले पढ्न पाउने अधिकारको हनन गर्न पाईदैन भन्दै अभिभावकले कुरा उठाउदा निजहरुले अभद्र व्यावहारसहित कुटपिट गरेर विद्यालय प्राङ्गणबाट भागेका थिए ।

यसै बिच काठमाडौँ महानगरपलिकाले विद्याथीहरुले पढ्न पाउने हकलाई कुण्ठित गरि आन्दोलनका नाममा विद्यालय बन्द गर्ने शिक्षकहरलाई कारबाहि गर्ने भएको छ । कामपाका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले जनकारी दिएका हुन् । बिहिबार संसार न्युजसँग कुरा गर्दै प्रमुख कोइरालाले शिक्षकहरुको अहिलेको आन्दोलन नाजायज भएको बताउदै आन्दोलनमा सहभागि धेरैलाई आन्दोलनको एजेण्डा नै थाहा नभएको बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्