Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

दोश्रो महिनामा पनि लक्ष्य अनुसारको राजश्व असुलीमा वीरगन्ज भन्सार असफल

loading views..
Nepal Telcome

वीरगन्ज। वीरगन्ज, मुलुुकको प्रमुख भन्सार नाका,वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको दोश्रो महिनामा पनि लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको छ । वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको विवरण अनुसार वीरगन्ज भन्सार कार्यालय चालु आर्थिक बर्षको दोश्रो भदौ महिनामा लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको हो । भन्सार बिभागले वीरगन्ज भन्सारलाई भदौका लागि १९ अर्ब,३८ करोड,६ लाख ७० हजारको लक्ष्य दिएकोमा उसले भदौमा जम्मा १२ अर्ब, ७१ करोड,२२ लाख २५ हजारको राजश्व संकलन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक बर्षको भदौ महिनाको भन्दा पनि कम हो ।
अघिल्लो आर्थिक बर्षको भदौ महिनामा यो कार्यालयले १४ अर्ब,१४ करोड,२५ लाख १३ हजार राजश्व संकलन गरेको थियो । त्यो पनि लक्ष्य भन्दा कम नै हो । भदौमा वीरगन्ज भन्सार कार्यालयले सबैभन्दा बढी मुल्यअभिबृद्धि करबाट सबैभन्दा बढी राजश्व संकलन गरेको छ । उसले मुल्य अबिबृृद्धि करबाट ५ अर्ब,४२ करोड, ३६लाख ३१ हजारको रावश्व स्ंकलन गरेको छ भने गरेको छ। त्यसरी नै आयातबाट ४ अर्ब,८४ करोड,६५ लाख २० हजार राजश्व संकलन गर्न सफल भएको वीरगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसरी नै अन्तशुल्कबाट एक अर्ब,एक करोड,७६ लाख ५८ हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षमा पनि वीरगन्ज नाकाबाट आायत हुने बिभिन्न बस्तुहरु कमी आएकाले पनि राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको वीरगन्ज भन्सार कार्यालयले अधिकारीहरुले दाबी गरेका छन् । वीरगन्ज भन्सारले गएको महिना साउन सहित गएको आर्थिक बर्षमा नै लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link