Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको‘ऐलानी मैलानी’सार्बजनिक

loading views..
Nepal Telcome

पोखरा। नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा
आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको उक्त गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड
गरिएको हो ।
उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्न सकिन्छ । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्म
छायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो सम्पादन र छायांकनको पार्ट पनि एकदमै राम्रो रहेको हामी देख्न सक्छौ । म्युजिक भिडियोमा रवि ओडसँगै रवि सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण,करण साउद,गंगा साउद र बाल कलाकारहरु नविन बिक र स्मृति खड्काको अभिनय समेटिएको छ । टेकेन्द्र शाहले सम्पादन, राम कुमार केसीले छायांकन, राज पोखरेल र दिनेश थापाले सहायक छांयाकान गरेको उक्त म्युजिक भिडियोमा दशरथ सुनारको कथा र निर्देशन रहेको छ ।
गीत स्रोता एंव दर्शकहरुले माया गर्नेमा आफु विश्वस्त रहेको र सामाजिक कथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको गायक रवि ओडले बताए । हेर्नुहोस म्युजिक भिडियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link