Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

वीरगञ्ज बालसुधार गृहबाट फरार बाल कैदीबन्दी करिब ४८ घण्टापछि पक्राउ

loading views..
Nepal Telcome

वीरगञ्ज। तीन दिन अगाडि बीरगन्जको बाल सुधार गृहबाट फरार बाल कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पर्सा प्रहरीको विशेष सर्च अप्रेसनको टोलीले करिब ४८ घण्पटा पछि भारतबाट पक्राउ गर्न सफल भएको हो ।पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले एक जनालाई सर्लाही र अर्कोलाई सिरहाको सीमाबाट पक्राउ गरिएको दावी गरेपनि दुवै जनालाई भारतीय भूमिबाट पक्राउ गरिएको स्रोतले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई वीरगञ्ज ल्याउन लागिएको पर्सा प्रहरी बताउँछ । शुक्रबार विहान सुधार गृहको छतबाट हाम फालेर भागेका थिए । खाली खुट्टा वीरगञ्जको मुख्य भन्सारको बाटो हुँदै ती बाल कैदीबन्दीहरु फरार भएको प्रहरी सिसिटिभि क्यामेरामा देखिएको थियो । यही सिसिटिभि क्यामेरामा देखिएपछि प्रहरी अनुसन्धान साँघुरो बन्दै गएको स्रोतले जनायो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link