वीरगन्ज। वीरगन्ज महानगरपालिका–१ छपकैयामा शुक्रबार एक महिलाको धारिलो वस्तु प्रहार गरी हत्या गरिएको छ । मृत्यु हुनेमा भारत घर भई वीरगन्जमा लामो समयदेखि बस्दै आएकी करिब ४५ वर्षकी पुनमदेवी सर्राफ छिन् । पर्साका एसपी कोमलविक्रम शाहका अनुसार, बिहान सख्त घाइते अवस्थामा घरमा फेला परेकी पुनमलाई उपचारार्थ नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा धारिलो हतियारले प्रहार गरेको पाइएको थियो ।
पुनम पेसाले ब्युटिसियन रहेको र उनी लामो समयदेखि वीरगन्जमा एक्लै बस्दै आएको प्रहरी उपरीक्षक शाहले बताए । उनको पारिवारिक अवस्थाबारे थप जानकारी नआएको तथा हत्यामा संलग्न व्यक्तिको खोजतलास भइरहेको शाहले बताए ।
