Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

सरकारद्वारा आज राष्ट्रिय शोकको घोषणा

loading views..
Nepal Telcome

पोखरा। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नोपल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एकदिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको जानकारी दिइन् ।
मन्त्रिपरिषद्ले हमास समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ। मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले जानकारी दिइन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link