Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बारामा एक सातामा १७ हजार लिटर घरेलु मदिरा नष्ट

loading views..
Nepal Telcome

कलैया। घरेलु मदिरा नियन्त्रण अभियान तीव्र पारेको बारा प्रहरीले जिल्लाका विभिन्न स्थानमा संचालित ४४ वटा भट्टी भत्काएर १ लाख ५३ हजार ४२० लिटर कच्चा र १७ हजार १ सय ७० हजार लिटर तयारी मदिरा नष्ट गरेको छ ।
अभियानको क्रममा मदिरा उत्पादनमा प्रयोग गरिएको १८ थान मेसिन र मदिरा राख्न प्रयोग गरिएको १ सय ६९ थान ड्रम पनि बरामद गरिएको छ ।पछिल्लो पटक प्रहरीले मंगलवार जिल्लको फेटा गाउँपालिका वडा नम्बर १ दुधौरा खोला, कोल्हबी नगरपालिका वडा नम्बर २ माझी टोल, महागढीमाई नगरपालिका वडा नम्बर ७ तेलकुवा, बारागढी गाउँपालिका वडा नम्बर २ दौर्वा र जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा संचालनमा रहेका भट्टी छामापरी गरेको हो । प्रहरीले मदिरा राख्ने ड्रम १० थान, मेसिन १ थान बरामद गर्नुको साथै १ हजार ३ सय लिटर कच्चा पदार्थ र १ सय २० लिटर तयारी मदिरा नष्ट पनि गरेको छ ।यसअघि पनि बारा प्रहरीले पचरौता, महागढीमाई, आदर्शकोतवाल, बारागढी र करैयामाई गाउँपालिकामा अवैध रुपमा संचालनमा रहेका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापामारी गरी भट्टीसहित तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने ठूलो परिमाणको कच्चा पदार्थसमेत नष्ट गरेको थियोे ।प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा संचालनमा भट्टीमा छापामारी गरी एक सातादेखि भट्टीसहित मदिरा र कच्चा पदार्थ नष्ट पार्ने अभियानलाई तीव्र पार्दैआएको हो । उहाँका अनुसार नष्ट गरिएको कच्च पदार्थको बजार मूल्य ९२ लाख ७ हजार र तयारी मदिराको मूल्य १७ लाख १७ हजार रहेको छ ।
सीमावर्ती भारतको बिहारमा मदिराको उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लागेपछि जिल्लामा मदिराको कारोबार बढेको हो । यहाँ उत्पादन भएको घरेलु मदिरा चोरी तस्करी गरेर भारतीय बजारमा पु¥याएर बिक्री हुने गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link