Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

दुई पत्रकार पुरस्कृत

loading views..
Nepal Telcome

काठमाण्डु। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’बाट दुई पत्रकारलाई पुरस्कृत गर्नुभएको छ। नेपाल पत्रकार महासंघ र नेपाल-अमेरिका पत्रकार संघ(नेजा)द्वारा आज आयोजित कार्यक्रममा जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रीनलाई यसवर्षको पुरस्कारबाट पुरस्कृत गरिएको हो। शाही “सन्धान अनलाइन” र पाख्रीन “कान्तिपुर टेलिभिजन”मा सम्बद्ध हुनुहुन्छ। नेजाको पहलमा स्थापित पुरस्कार राशि जनही एकलाख एघार हजार छ। पुरस्कृत पत्रकारलाई उपप्रधानमन्त्री श्रेष्ठ, महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link