Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नेपाली काँग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन आज

loading views..
Nepal Telcome

गोरखा। नेपाली काँग्रेस गोरखाले आज हुने पार्टीको दोस्रो जिल्ला सम्मेलनको सवै तयारी पुरा भएको जनाएको छ । काँग्रेस गोरखाले हिजो जिल्ला पार्टी कार्यालय तीनधारेमामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीको आज हुन लागेको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको थियो ।

पत्रकार सम्मेलनमा गोरखा क्षेत्र नम्बर १ (क) का प्रदेशसभाका सांसद समेत रहनुभएका पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले दोस्रो अधिबेशनमा नेपाली काँग्रेस गोरखाले दुई बर्षमा जिल्लामा गरेका कामको बारेमा समिक्षा गर्ने बताउनुभयो । जिल्ला भित्रका सवै क्षेत्रबाट सहभागी हुने प्रतिनिधिहरुबाट सम्मेलनमा क्रममा पार्टी प्रति आम नेता कार्यकर्ताको बुझाई, धारणा र अहिलको अवस्थाको बारेमा समेत छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।‘‘जिल्लाको समग्र विकास निर्माण लगायतका क्षेत्रमा काग्रेसको भूमिका र सम्बन्धित निकायहरुले गरेका काम बारेमा समेत सम्मेलनमा छलफल र समिक्षा हुन्छ ।’’ सभापति न्यौपानले भन्नुभयो । सम्मेलनमा पार्टीका इकाई, प्रदेश र केन्द्रमा रहेका प्रतिनिधिहरु गरी कुल १ हजार ७ सय जनाको सहभागीता रहने उहाँले बताउनुभयो ।

सम्मेलनको पार्टीका केन्द्रीय महामन्त्री गगन थापाले उद्घाटन गर्नुहुने काँग्रेस गोरखाले जनाएको छ । नेपालमा सुशासन कायम गर्दै भष्टाचारको अन्त्य गर्ने भन्ने मुल नाराकासाथ सम्मेलन सम्पन्न गरिने उहाँको भनाई छ ।सम्मेलन सम्पन्न भएपछि सम्मेलनले दिएको दिशानिर्देश अनुसार गाउँगाउँमा पुगेर जनताका समस्या तथा गुनासो सुन्न पार्टी नेतृत्व पुग्ने गरी कार्यक्रम तय गरिने सभापति न्यौपानले जानकारी दिनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link