Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

प्रेस सेन्टर नेपाल बाराकाे भेला काेल्हवीमा ३० असाेज हुने

loading views..
Nepal Telcome

पोखरा। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराले नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना, आदन प्रदान तथा जिल्ला भेला गर्ने भएको छ ।काेल्हवीकाे शुभ विहानी हाेटलमा ३० असाेजमा हुने भेलामा केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) काे प्रमुख आतिथ्यतामा रहने भएकाे छ ।

भेलाकाे तयारीकाे विषयमा निजगढमा बसेकाे सचिवालय बैठकले शुभकामना आदनप्रदान र अन्तक्रिर्या गर्ने निर्णय भएकाे उपाध्यक्ष प्रदिप गाैतमले जानकारी दिए ।अध्यक्ष रन्जन यादवकाे अध्यक्षतामा भएको बैठकमा सेन्टरका बारा ईन्चार्ज कृष्ण उदास खनाल, नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश सदस्य रविराज दंगाल, प्रेस सेन्टरका अशेष ढुंगाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link