Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना

loading views..
Nepal Telcome

काठमाण्डु। ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा (Home Loan) योजना सार्वजनिक गरेको छ ।बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु भएका महानुभावहरुले सहज रुपमा कर्जा सार्न (Swap) सक्नुहुनेछ ।यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहक महानुभावहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ ।आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link