Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

पूर्व जनमुक्ति सेनासँग ओलीको भेट

loading views..
Nepal Telcome

काठमाडौं। काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमान्डरसँग छलफल गरेका छन् । ओलीले बालुवाटार बोलाएर शनिबार उनीहरूसँग छलफल गरेका हुन् ।

छलफलमा उनले आफूले जनमुक्ति सेनाको भावना र समस्या बुझेको बताउँदै समस्याको राजनीतिक रूपमा समाधान गर्ने आश्वासन दिएका छन् ।

ओलीले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरुको भावनाको दुरूपयोग गर्‍यो । हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link