Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

भ्रष्ट छवि बनाएका दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

loading views..
Nepal Telcome

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको मन्त्री। द्वारा राजिनामा मागियो।बिभिन्न भ्रष्टचारमा संलग्न भएको आंशका गरिएका खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् ।गोकुल बाष्कोटाको निकट भए पनि उनले आफ्नो नियुक्तिको बेलामा शक्ति केन्द्रलाई  ठुलै नजराना बुझाएको गाइँगुई सुनिन्थ्यो। उनको कार्यकाल आगामी साउनसम्म रहेको थियो ।विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएपछि खनालले राजीनामा दिएका हुन् ।

उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । उनीमाथि स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा काम गर्न नसकेको भन्दै चर्को आलोचना समेत भइरहेको थियो।खनाल ९ साउन २०७६मा प्राधिकरणको अध्यक्ष भएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link