Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जनप्रगतिशिल मञ्च जापानको नबौं अधिबेशन टोकियोमा हुने

loading views..
Nepal Telcome

टोकियो। प्रगतिशील प्रवासी नेपालीहरु एक हौ भन्ने मुल नाराका साथ जनप्रगतिशिल मञ्चको नबौ अधिबेसन आगामी जनवरी २८ तारिखका दिन हुने भएको छ । अधिबेशनको भब्य तयारीको लागि मञ्चका उपमहासचिव तथा प्रचार प्रसार उप समिति संयोजक रामकृष्ण भण्डारीले तयारी पुर्ण रुपमा भैइसकेको जानकारी दिए ।

प्रबासी नेपालीहरुमा आपसी सदभाब ,भाइचारा र एकताको अभियान,ज्ञान सिप र पूँजीको लगानी सहित सम्बृद्द नेपालको लागि नबौं अधिबेशन भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशिल मन्च जापानको अधिबेशन राजधानी टोकियोमा हुँदै छ । अधिबेशनका लागि माओवादी केन्द्रका नेता, ओम शर्मा र लक्ष्मण पन्तको उपस्थिती रहने पक्का भएको छ। पन्त माओवादी पार्टी प्रबास समन्बय समितीका सहइन्चार्ज हुन भने शर्मा प्रबास कमिटीका अध्यक्ष हुन ।
जापानका विभिन्न ७ क्षेत्रमा गठन गरिएका क्षेत्रीय अधिवेशन गत डिसेम्बर मै सम्पन्न भइसकेका छन्। सम्पन्न क्षेत्रीय अधिवेशनले मञ्चप्रति प्रवासमा रहेका नेपालीहरुको विश्वास बढ्दै गइरहेको देखाएको मञ्चको दाबी छ त्यस्तै आगामि अधिबेशनको तयारीका लागि बिभिन्न बिभागहरु बनाएर जिम्मा दिएको मञ्चका महासचिब बाबुराम पौडेलले बताए । आफ्नो कार्यकालको वर्णन गर्दै मञ्चका अध्यक्ष भवानी पन्तले साँच्चिकै स्वर्णिम रहेको बताए। पन्तले आफ्नै कार्यकालमा हालका प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड ‘ लाई जापान भ्रमण गराउने अबसर समेत प्राप्त भएको बताए। मञ्चको आगामी अधिबेशनले भने आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ।
संगठनको महासचिबमा रामकृष्ण भण्डारीको चर्चा!
विद्यार्थी आन्दोलनबाट स्थापित रामकृष्ण भण्डारी सिन्धुपाल्ञ्चोकमा जन्मेर काठमाडौंमा अध्ययन र राजनीतिको यात्रा थालेका हाल कर्म थलो जापानलाई बनाउँदै आएका छन् । उनी राजनीतिमा जुझारू, बिचारमा स्पष्ट मान्यतामा चट्टानी अडान भएका युवा नेता हुन । युवाहरु माझ लोकप्रिय नेता भण्डारी अनुभबिहरूका अनुभबलाई पनि धैर्यताकासाथ सुन्ने र ग्रहण गर्ने बिरलै मध्येका एक हुन् । संस्कृति र साहित्यमा अतिरित्त लगाव राख्ने ऊनी राजनीतिमा भने अबिरल छन् । “साहित्य र संस्कृतिले समाज अध्ययनलाई सघाउँछ ।” ऊनी समाज अध्ययनको आफ्नो तरिका खुलाउँछन्। देशलाई सम्पन्न बनाउने आईडिया ।”हामी मेहनती छौं, जस्तो सुकै कठिन टास्क पनि फत्ये गर्ने क्षमता छ, मात्र हामीलाई अब थोरै सिप र व्याबस्थापकीय क्षमता अभिबृद्वि गर्न सके हामीले देशमा छोटो समयमा देशलाई सम्पन्न गर्न सकिन्थ्यो ।”
जापानलाई कर्म थलो बनाउँदै आएका भण्डारी जापानी-वर्किङ कल्चरबारे राम्रो जानकारी राख्छन् भने प्रवासी नेपाली समुदाय बीच पनि भिजेर काम गरिरहेका छन् । प्रवासी नेपालीको समस्यामा उनी सधै सहयोगी बनेर साथ दिइरहेका हुन्छन् । सिन्धुपाल्ञ्चोकमा ४० को दशकमा जन्मेका भण्डारी ६० को दशकमा राजधानी काठमाण्डौंमा सक्रिय राजनीतिमा थिए भने ७० को दशकबाट जापानमा निरन्तर छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link