Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

गण्डकी प्रदेशमा ओली समूहको जनसांस्कृतिक महासंघको भेला

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को साँस्कृतिक मोर्चा जनसाँस्कृतिक महासंघको केन्द्रीय कमिटीमा गण्डकी प्रदेश कमिटीबाट निर्वाचित केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लागेको छ।

कार्यविभाजन अनुसार महासंघ गण्डकी प्रदेशको संयोजकमा केन्द्रीय सचिवालय सदस्य मनकुमार श्रेष्ठ, सहसंयोजकमा केन्द्रीय सदस्य पद्मराज ढकाल र महासचिवमा केन्द्रीय सदस्य सुवास मल्ल चयन भएका छन्। त्यसैगरी महासंघ सम्बद्ध घटकहरुको मोर्चा संयोजकमा कृष्ण भण्डारीलाई तोकिएको छ भने आर्थिक विभाग प्रमुखमा तारापति सुवेदीलाई सर्वसम्मत रुपमा जिम्मेवारी प्रदान गरिएको छ।

त्यस्तै प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका ईञ्चार्जहरुको जिम्मेवारी समेत बाँडफाँड भएको महासंघका संयोजक मनकुमार श्रेष्ठले बताए। महासंघको कास्की जिल्ला ईञ्चार्ज जीवन सुवेदी, पोखरा महानगर ईञ्चार्ज करण तामाङ्ग, स्याङ्गजा जिल्ला ईञ्चार्ज शंकर विरही गुरुङ्ग, तनहुँ जिल्ला ईञ्चार्ज पृथ्वी भुजेल, गोरखा जिल्ला ईञ्चार्ज सरला पाण्डे, लमजुङ्ग जिल्ला ईञ्चार्ज स्थिरबाबु घिमिरे र मनाङ्ग जिल्ला ईञ्चार्जमा लक्ष्मण गौतम हिमाली नियुक्त भएका छन्।

त्यसै गरी पर्वत जिल्ला इञ्चार्ज कृष्ण अखेली, बागलुङ्ग जिल्ला इञ्चार्ज भरत बागलुङ्गे, म्याग्दी जिल्ला ईञ्चार्ज रवि कार्की, मुस्ताङ्ग जिल्ला इञ्चार्ज राजेन्द्र सापकोटा र नवलपुर जिल्ला इञ्चार्जमा रोशन थापालाई जिम्मेवारी प्रदान गरिएको छ।

महासंघ प्रदेश कमिटीको प्रथम सम्मेलन यही फाल्गुण ८ गते पोखरामा सम्पन्न गर्ने र त्यस अगाडि सबै जिल्ला तथा पालिकाहरुमा कवि, कलाकार तथा संगितकर्मीहरुको भेलाहरु सम्पन्न गर्ने निर्णय समेत गरिएको महासचिव सुवास मल्लले जनाए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link