Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गाजामा हमासको भिषण हमलामा २१ इजरायली सैनिकको मृत्यु

loading views..
Nepal Telcome

माघ १०,पोखरा। इजरायली सेनाले मंगलबार मध्यगाजामा हमासले गरेको आक्रमणमा आफ्ना २१ जना सैनिक मारिएको जनाएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले एक सय नौ दिनयता चलिरहेको युद्धमा इजरायली सेनाका लागि सबैभन्दा घातक घटना भएको बताए।
‘आतंककारीहरूले सोमबारनजिकैको ट्यांकमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेपछि समयअगावै विस्फोट निम्त्यायो, जसको परिणामस्वरूप भवनहरू ढले सैनिकहरू भित्र तथा नजिकै थिए,’ उनले भने।
यसैबीच, सेनाले एक विज्ञप्ति जारी गर्दै मारिनेमा २२ देखि ३७ वर्ष उमेरका रिजर्भ सैनिकहरू भएको जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link