Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेपाल पत्रकार महासंघ कास्कीले ओम हमाल,सन्देश श्रेष्ठ लगायत सात जना पत्रकार पुरस्कृत गर्दै

loading views..
Nepal Telcome

माघ १०,पोखरा। नेपाल पत्रकार महासंघ कास्कीले ७ जना पत्रकारलाई एकै मञ्चमा पुरस्कृत गर्ने भएको छ । पुरस्कृत हुने पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित हुन लागेका हुन् । छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए ।
उक्त अवसरमा पत्रकार टंक अधिकारी र दीननाथ बराललाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।
महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारित पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने, २०८० बाट ओम हमाल सम्मानित हुन लागेका हुन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।
टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ सन्देश श्रेष्ठ र २०८० प्रकाश ढकाललाई प्रदान गरिने महासंघ कास्कीका सचिव माधव वरालले जानकारी दिए । यस पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत हुन लगेकी हुन् ।

पुरस्कृत पत्रकारहरुलाई माघ १२ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा सम्मान गरिने महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिईन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link