Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताबाट गलत्याह्यो

loading views..
Nepal Telcome

धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
शुक्रबार बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।
यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । आजकाे बैठकले भट्टलाई हटाएर धामीलाई चयन गर्ने निर्णय गरेकाे हाे । धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् ।
भट्टको भूमिकालाई लिएर गुनासो गर्दै राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते प्रधानमन्त्री तथा माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link