Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

किन ओली पक्षले धमाधम फरार अभियुक्तहरुलाई पार्टीमा भित्र्याउँदै छ ?

loading views..
Nepal Telcome

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सूदुरपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खामलाई एकाएक सम्झिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ – सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक पटक संवाद भइसकेको छ । खाम पूर्व माओवादी लडाकु मात्रै हुन्थे भने ओलीले उनलाइृ सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखमा काठमाडौं कोटेश्वरका रामहरि श्रेष्ठको हत्यामा आदलतले दोषी किटान गरेका व्यक्ति हुन्, खाम ।

अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ । उनले प्रधानमन्त्री ओलीको नेकपामा समाहित हुन आफू र आफ्ना साथीहरुविरुद्धका लागेका मुद्दा फिर्ता हुनुपर्ने सर्त राखेका छन् यसमा ओली पक्ष र खामको वार्ता निष्कर्षमा पुगिसकेको छैन ।

रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपूजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए ।

निर्वाचन आयोगले रातो पासपोर्ट काण्डमा दोषी रहेको भन्दै अन्तिम समयमा आएर उम्मेदवारी रद्द गरिदिएपछि उनी उठ्न पाएनन् । उनै राय अहिले ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । दुई साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल सर्लाही जादा मञ्चबाटै रायमाथि लागेको मुद्दा खारेज गराएरै छाड्ने बताएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link