Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

चुड्कीको भरमा ओलीलाई कार्बाही गर्न सकिन्छ:प्रचण्ड

loading views..
Nepal Telcome

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जरुरी परे संसद बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता अपराधीलाई कारबाही गर्न सकिने बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएर दिउँसै रात पार्न खोजे पनि त्यसको विश्वास नगर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । जरुरी परे संसदको बैठक बसेर केपी ओली जस्ता अपराधीलाई कारवाही गर्न सकिने प्रचण्डको भनाई छ ।

अब आफ्नो गुमाउनु केही नरहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले त भने नि अब गुमाउन केही पनि बाँकी छैन । अबको वाँकी जीवन नेपाली जनतालाई हो, नेपाली युवाहरुलाई हो । सम्मृद्धि, रोजगारी र सम्मानका लागि हो ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link