Skip to content
Pokharapress Logo
१७ बैशाख २०८३, बिहीबार

नेपालको उत्कृष्ट बलिङका कारण नेदरल्याण्ड्स १३७ रनमा अल आउट

loading views..
Nepal Telcome

पोखरा। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रन बनाएको थियो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिन सफल भएका थिए । सोमपाल कामी र रोहितकुमार पौडेलको नाममा समान १ विकेट रह्यो ।

नेदरल्याण्ड्सका २ जना रन आउट भएका थिए । खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।

स्याब्रान्ड एंगेलब्रेक्टले इनिङ सम्हाल्ने प्रयास गरे पनि उनी व्यक्तिगत २३ रनमा ललित राजवंशीको बलमा अनिल साहबाट क्याच आउट भए । उनले तेस्रो विकेटका लागि बास डि लिडेसँग ३८ रनको साझेदारी गरेका थिए । लिडे २७ रन बनाउँदै ललितकै बलमा बोल्ड भएका थिए ।

त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link