Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

नेपालकाे अर्थतन्त्र सही बाटोमा :पूर्ब अर्थमन्त्री अनन्त

loading views..
Nepal Telcome

पोखरा। नेकपा माओवादी केन्द्रका उपमहासचिव एंवम पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालकाे अर्थतन्त्र लयमा फर्किएकाे बताउनु भएको छ। । प्रेस सेन्टर नेपाल कास्कीले गरेकाे पत्रकार सम्मेलनमा उनले साे कुरा बताएका हुन् । काेभिडपछि ७ प्रतिशतमा आर्थिक बृद्वि भएकाे बताउँदै उहाँले त्यसपछि नेपालमा आर्थिक समस्या देखिए पनि पछिल्लो समय रिकभर भएकाे बताउनु भएको छ ।

‘अर्थतन्त्रमा समस्या देखिएपछि नेपाल श्रीलंका हुन्छ भनेर अफवाह फैलाइयाे तर, त्यसाे हाेइन’ पुनले भन्यो, ‘वर्तमान सरकारले सुशासनलाई केन्द्रित गरेपछि ओैपचारिक च्यानलबाट पैसा आउन थाल्याे । जसले आर्थिक वृद्वि भएकाे छ ।’ विदेशी मुद्रा चलाएर अर्थतन्त्र चलायमान बनाइएकाे उहाँको भनाई थियाे । देशमा राेजगारीकाे सृजना भएपछि गतवर्षभन्दा अहिले विदेश जानेकाे संख्या घटेकाे उहाँले बताउनु भयो।नेता पुनले मिटरव्याजीकाे समस्या रहेकाे र यसलाई कानुन बनाएर अपराध घाेषणा गर्न सरकारले सुरू गरेकाे बताउनु भयो ।

सरकारले सामाजिक सुरक्षा काेषमा नीजि क्षेत्रबाट ५ लाख युवा आवद्व भएकाे बताए । स्थानीय तहबाट सामाजिक सुरक्षा काेषमा धेरै काम भएकाे उहाँले बताउनु भयो । वर्तमान सरकारले विगतमा बजेट एकाध मान्छेले बनाउने परिपाटीको अन्त्य गरेकाे उहाँले बताउनु भयो।माओवादीकाे पहिलाे विधान अधिवेशन सफल भएकाे बताउँदै उहाँले लाेकतन्त्रमा निर्वाचन प्रणालीलाई अघि सार्ने सहमति भएकाे बताउनु भयो।उहाँले विधान अनुसार पार्टी संचालन गर्ने कुरा भएकाे बताउँनु भयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link