काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.८६% धेरै हो । गत वर्ष बैंकले २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी ८.०९% ले घट्दा सञ्चालन नाफा ०.३८% ले बढेको छ ।
गत वर्ष ५८ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो त्रैमासमा घटेर ५३ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । बैंकले सञ्चालन नाफा भने ३६ करोड १६ लाख रुपैयाँबाट बढाएर ३६ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म लुम्बिनीले ३२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २६ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुता पुँजी २ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.९६% बाट बढेर २.५१% भएको छ । यसको कस्ट अफ फन्ड ६.६१% र कर्जा निक्षेप अनुपात ७६.८६% छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ २ पैसा (वार्षिक) रहेको लुम्बिनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १ पैसा छ ।