Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

स्थानियको दबाब पछि काग्रेसले प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षको ताला खोल्यो

loading views..
Nepal Telcome

गोरखा। गोरखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा लगाइएको ताला आइतबार खुलेको छ । नगरसभाको बिषयलाई लिएर उपप्रमुख मसलीमाया थोकर (सपना पुन) मगरको नेतृत्वमा प्रमुख प्रसाकिय अधिकृतको कार्यकक्षमा ताला लगाएको थियो ।

नगरवासी सहित स्थानीयले प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला नखोले ताला फोड्ने चेतावनी दिएपछि बिहान करिव १० बजे काग्रेस निकट नगरकार्यापालिका सदस्य अप्सरा नेपाली र वडा नम्बर ११ का वडा सदस्य रेनकुमार थापा मगरले ताला खोलेका हुन ।

फागुन २४ गते नगरसभा सम्पन्न भए लगत्तै काग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रसासकिय अधिकृत सुवेदीले आफुलाई असहयोग गरेको आरोप लगाउँदै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

दैनिक सयौं नगरवासीलाई सेवा दिनुपर्ने प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएपछि नगरवासीहरुले तिव्र असन्तुष्टि पोख्दै आएका थिए । प्रसासनले समेत गैरकानुनी हिसावले लगाइएको ताला नखोलिए ताला फोड्ने तयारी गरेको थियो ।

नगरवासीको दवावपछि उनीहरु पछि हट्न बाध्य भएको हो । तालाबन्दीको चर्को बिरोध भएपछी काग्रेस निकट जनप्रतिनिधिहरुले समेत आफुहरुबाट गम्भीर गल्ती भएको स्विकार गर्दै आएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link