Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन: अर्थमन्त्री पुन

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको ।

साथै उनले कांग्रेसले लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । अर्थमन्त्री पुनले कुनैपनि अभियोग पुष्टि नभई कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने कुरा सान्दर्भिक नभएको तर्क गरेका छन ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछाने सहकारी ठगीको मुद्दामा मुछिएको भन्दै कांग्रेसले नाराबाजी गर्दै सदन बैठक अवरुद्ध पारेको थियो ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ मन्त्री पुनले सत्ता समीकरण परिवर्तन हुने क्रम चलिरहने सामान्य प्रक्रिया भएपनि त्यसैलाई लिएर कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेर गैरजिम्मेवार बन्न नहुने दाबी गरेका छन ।

उनले संयमताका साथ सदन बैठक सुचारु गराउन र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सुचारु गराउनका लागि सहयोग गर्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसलाई आग्रह गरेका छन ।

उनले भने, ‘गृहमन्त्रीको राजीनामा माग्ने कुरा सान्दर्भिक छैन । किनभने कुनै उहाँमाथि अभियोग लगाएर वा अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कुनै कारबाहीको सिफारिस गरेको वा यस्तै खालको विषय होइन ।

र राजनीतिक रुपले अलिकति सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि अलिकति आक्रमण भएको छ । यदाकदा म माथि पनि भएको छ । गृहमन्त्रीलाई आक्रमण हो, हेर्ने नजर चाहिँ अर्थमन्त्रीलाई हो भनिन्छ ।

त्यसो गर्नुहुँदैन । यो राजनीतिमा सामान्य परिवर्तन भइरहन्छ । समीकरण परिवर्तन भइराख्छ । जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक नै भूमिका गर्नुपर्छ भन्ने मेरो अनुरोध छ ।

छिट्टै प्रमुख प्रतिपक्ष दलका नेता साथीहरूले संसद्लाई सुचारु गर्ने, विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई सुचारु गर्नलाई सहयोग गर्नुहुन्छ भन्ने मेरो अनुरोध छ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link