Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पोखरालाई भोलि पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

loading views..
Nepal Telcome

काठमाडौं। पर्यटकिय सहर पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको कुरा आज पत्रकार सम्मेलन मार्फत जानाकारी दिएको छ।
पत्रकार सम्मेलन गरेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनु भएको हो।

उहाँले आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बताउनु भयो। पर्यटकीय राजधानी घोषणा कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने मेयर आचार्यले बताउनु भयो।

पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कदेखि विभिन्न झाँकीसहितको र्‍याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने आचार्यले बताउनु भयो। पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने उहाँको भनाइ रहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link