काठमाडौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । त्यसैले पनि बैंक, वित्तीय संस्था तथा, इन्स्योरेन्स कम्पनीलगायत विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) सर्वजनिक गर्ने होड नै चलेको छ । आईपीओमा आवेदन दिनेहरुको संख्या बढेकाले १० कित्ता पर्न पनि गोला प्रथाकै भर पर्नुपर्ने देखिएको छ । पछिल्लो समय कसैको पनि हात खाली नहुने गरी इन्फ्रास्ट्रक्चर बैंकले पुस २ गते देखि ८ गतेसम्म आइपीओ जारी गरेको थियो । जहाँ १५ लाख बढी आवेदन परेको थियो । त्यसपछि अब लगत्तै तीन कम्पनीले आईपीओ सार्वजनिक गर्ने भएका छन् । जसमध्ये एउटाले आईपीओ सार्वजनिक गरिसकेको छ । जुन प्रभावित स्थानीयलाई मात्रै रहेको छ । सिंगटी हाइड्रो कम्पनीलाई पुष २१ गतेबाट आईपीओ सार्वजनिक गर्दैछ । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई माघ ४ गतेदेखि १८ गतेसम्म आईपीओ जारी गरेको थियो भने हाल सो अवधि थप गरेको छ । सिंगटीमा फागुन २ गतेसम्म आवेदन भर्न सकिनेछ । त्यस्तै आगामी शुक्रबार अर्थात माघ २३ गतेदेखि २७ गतेसम्म ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ । ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयर ग्रीनलाइफको सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर एनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । माघ २८ माघदेखि महिला लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ जारी गर्दैछ । प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्गलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.