Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

उत्तरी शान्सीको लोक गीतको बेइजिङमा प्रस्तुती

loading views..
Nepal Telcome
नदीपुर दुध

बेइजिङ। बेइजिङमा तीन दिने उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा आपसी सिकाइ कार्यक्रमको प्रदर्शनी भयो ! नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया-प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू कार्यक्रममा सहभागी थिए । अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको यो भेलाले अमूर्त सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश र विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरेको थियो ।

कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले मन्चमा सँगै प्रस्तुति दिए। जब “कात्युषा” ले “जिन्टियानयु” लाई भेटे, गीतहरूको फरक शैलीले प्रभावकारी रूपमा गायकहरूको भावना र विचारलाई व्यक्त गर्यो। मन्चको सजावटले चीनको गोबी मरभुमीको दछिण पुर्वी छेत्रको लोएस पठार छेत्र र प्रयोगमा ल्याइएको ध्वनी र प्रकासले झरना र गुफा वातावरणलाई प्रतिबिम्बित गरिरहेको थियो ! यसप्रकारको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्‍यायो। यस्ता अभिनव प्रदर्शनी स्वरूपहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको छ ! चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भने, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो । मैले पहिले देखेको कुनै पनि प्रदर्शनी भन्दा फरक, यसले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई व्यापक रूपमा प्रदर्शन गर्न प्रविधिको प्रयोग गर्‍यो। म भविष्यमा नेपालको अमूर्त सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ ।”

बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भने, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो। त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए। आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन । उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ ।

मन्चको सिमित परिधीमा, प्रदर्शनीले उत्तरी शान्सीको बिगत र वर्तमान, रुप र सार, मानिस र तिनले प्रयोगमा ल्याउने स्थानिय वस्तु, स्थिरता र चालको पुर्ण प्रतिनिधित्व गरेको थियो ! यसप्रकारको सांस्कृतिक-साङ्गितिक सम्पदा प्रदर्शनीले युलिनको महत्वपूर्ण अन्वेषण र अभ्यास, अन्तर्राष्ट्रिय आदानप्रदानको लागी एक नयाँ स्थानीय मन्चको स्थापनाको लागी ठोस आधार निर्माण गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link